बदलिएको कांग्रेसले देशको भविष्य बदल्नेछ : गगन थापा

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनको लागि आधारसहित काम गर्ने बताएका छन् ।

आज मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ झुम्कामा नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

सभापति थापाले निर्वाचन आचारसंहिताका कारण अहिले धेरै खुला रूपमा बोल्न नपाइए पनि, कांग्रेसले नीति र काममा स्पष्टता कायम राख्ने बताएका हुन् ।

सभापति थापाले भने, ‘तपाईँहरूले कांग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ । अब यो क्षेत्रबाट राजीव कोइराला दाइलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु । बाँकी कुरा पूरा गर्नेछु ।’

सभापति थापाले नेताकार्यकर्तालाई कांग्रेसले बोलेको कुरा पूरा भएको छ कि छैन भन्ने विषय जनतालाई बताउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?