निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन  

लोकपथ
161
Shares

काठमाडौं । बझाङको साइपाल गाउँपालिकाका युवाहरूले फागुन १८ देखि २३ सम्म सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् । उनीहरूले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदाताको सहभागिता बढाउन बिदा आवश्यक रहेको बताएका छन् ।

युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई इमेलमार्फत ज्ञापनपत्र पठाएका छन् । ज्ञापनपत्रमा उल्लेख छ, ‘प्रतिनिधिसभा निर्वाचन केवल प्रशासनिक काम होइन, यो राष्ट्रको भविष्य निर्धारण गर्ने र लोकतन्त्रलाई सशक्त बनाउने अवसर हो ।’

ज्ञापनपत्रअनुसार, फागुन १८ पहाडी क्षेत्रमा होली र १९ तराई क्षेत्रमा होली परेकोले यी दुवै दिन बिदा दिनुपर्ने, २० गते निर्वाचनको अघिल्लो दिन भएकाले बिदा दिनुपर्ने, २१ गते निर्वाचनको दिन बिदा हुने, २२ गते गन्तव्य फर्किन समय दिनुपर्ने, र २३ गते शनिवार परेकोले पनि बिदा दिनुपर्ने माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?