अमेरिकासँगको बढ्दो तनावकाबिच खामेनीद्वारा राष्ट्रिय एकताको आह्वान

लोकपथ
112
Shares

काठमाडौं । इरानका सर्वोच्च नेता अली खामेनीले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा इरानीहरूलाई राष्ट्रिय एकता देखाउन र शत्रुलाई निराश पार्न आग्रह गरेका छन् ।

टेलिभिजनमार्फत सम्बोधन गर्दै खामेनीले सैन्य शक्ति भन्दा संकल्प र प्रतिरोधमा भर पर्ने आवश्यकतामा जोड दिएका छन् । उनले भने, ‘जबसम्म शत्रु निराश हुँदैन, तबसम्म एउटा राष्ट्र उत्पीडनको जोखिममा रहन्छ ।’

यो भाषण अमेरिकासँग बढ्दो तनाव र मध्यपूर्वमा अमेरिकी सैन्य तैनाथीबीच आएको हो । ओमानको मस्कटमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच अप्रत्यक्ष आणविक वार्ता भए पनि ठुला मतभेदहरू कायमै छन्, जसले सम्झौताको सम्भावना अनिश्चित बनाएको छ ।

सन् १९७९ को क्रान्तिले इरानलाई पश्चिम समर्थक राजतन्त्रबाट इस्लामिक गणतन्त्रमा रूपान्तरण गरेको थियो । त्यसपछिका वर्षमा तेहरानस्थित अमेरिकी दूतावास कब्जा भएपछि इरान–अमेरिका सम्बन्ध विच्छेद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?