काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन १ गतेसम्म विभिन्न जिल्लामा चुनावी कार्यक्रममा सहभागी हुने कार्यतालिका सार्वजनिक भएको छ ।
कांग्रेसले सार्वजनिक गरेको तालिकाअनुसार शर्मा सोमबार चितवन र पूर्वी नवलपरासीमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । सोमबार चितवनको कार्यक्रमपछि उनी दिउँसो ४ बजे नवलपुर क्षेत्र नं १ पुगेका थिए, जहाँ पार्टी प्रवेश कार्यक्रममा सहभागी भए ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार उपसभापति शर्मा आज बिहान ११ बजे बाँके जिल्लामा नेपाली कांग्रेसका सबै उम्मेदवारसहितको जिल्लास्तरीय वृहत भेलामा सहभागी हुनेछन् ।
आजै दिउँसो ३ बजे उनी बर्दिया क्षेत्र नं १ मा उम्मेदवारसहितको क्षेत्रीय भेलामा सम्बोधन गर्ने कार्यक्रम छ ।
भोलि बुधबार बिहान ११ बजे शर्मा दाङ जिल्लामा सबै उम्मेदवारसहितको वृहत भेलामा सहभागी हुनेछन् ।
यस्तै, माघ २९ गते बिहान ११ बजे रुपन्देही जिल्लामा आयोजित वृहत भेलामा र सोही दिन दिउँसो ३ बजे नेपाली कांग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिको बैठकमा उनले सम्बोधन गर्नेछन् ।
फागुन १ गते बिहान ११ बजे उपसभापति शर्मा पाल्पा जिल्लामा सबै उम्मेदवारसहितको वृहत भेलामा सहभागी हुने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया