काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मंगलबार नवलपरासीमा तय गरिएको कार्यक्रमलाई स्थानीय प्रशासनले रोक लगाएको छ ।
लामिछाने सोमबार रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा सम्बोधनसहितका चुनावी कार्यक्रममा सहभागी भइसकेका थिए । त्यसक्रममा मंगलबार नवलपरासी पुग्ने कार्यक्रमअनुसार जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रमहरूमा सहभागी हुने तयारी थियो ।
तर, आजका लागि तय गरिएका ती कार्यक्रम निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै नवलपरासी प्रशासनले सूचना जारी गरी रोक लगाएको हो । प्रशासनका अनुसार निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा राजनीतिक दलका यस्ता गतिविधिले निष्पक्ष निर्वाचन प्रक्रियामा असर पर्न सक्ने भएकाले कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया