ल्याण्डमार्क होटेल्समा भ्यालेन्टाइन अफर : २ रातको शुल्कमा ३ रातको बासदेखि क्याण्डललाइट डिनरसम्म

लोकपथ
133
Shares

काठमाडौं । ल्याण्डमार्क होटेल ग्रुपले भ्यालेन्टाइन डे स्पेसल अफर सार्वजनिक गरेको छ । ल्याण्डमार्कले पोखरा, सौराहा, भरतपुर, देवघाट र भैरहवामा भ्यालेन्टाइन डे स्पेसल अफर सार्वजनिक गरेको हो ।

आगामी फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे लाई लक्षित गर्दै ल्याण्डमार्क ग्रुपले पोखरामा २ रातकै खर्चमा ३ रातको बास र क्याण्डललाइट डिनरसम्मको व्यवस्था गरेको छ । पोखराबाहेक चितवनको सौराहा तथा नारायणगढ, देवघाट र भैरहवामा समेत भ्यालेन्टाइन डे अफर सार्वजनिक गरेको हो ।

फेब्रुअरी ७ बाट भएको भ्यालेन्टाइन साता समेतलाई लक्षित गर्दै ल्याण्डमार्कले आफ्नो ग्रुपका होटेल, रिसोर्ट तथा फार्म हाउसमा अफरहरू सार्वजनिक गरेको हो ।

ल्याण्डमार्कले आफ्नो भरतपुर हाइट चितवनमा रहेको ल्याण्डमार्क नारायणीमा मन्थ अफ लभका रूपमा महिनाभरि कै लागि एउटै मूल्यमा अफर सार्वजनिक समेत गरेको छ । अफरमा भ्यालेन्टाइन डे सजावटसहितको डिलक्स रुम, वेलकम ड्रिंक्स, एक बोतल वाइन, क्याण्डललाइट डिनर, ल्याभिस ब्रेकफास्ट आदि समावेश गरिएको छ ।

ल्याण्डमार्कले ल्याण्डमार्क पोखरामा एक साताका लागि अफर दिएको छ भने ल्याण्डमार्क नारायणीमा फेब्रुअरी महिनाभरका लागि अफर दिएको छ ।

कतिपय रिसोर्ट र होटेलमा भने भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४ का लागि मात्रै अफर लागू हुने जनाएको छ ।

कुन स्थानमा के सुविधा, कति शुल्क ?
आन्तरिक तथा बाह्य पर्यटकहरूको मुख्य आकर्षण रहेको पोखरामा ल्याण्डमार्कले दुई किसिमका अफर सार्वजनिक गरेको छ । पोखरामा एक रातको भ्यालेन्टाइन डे अफर र ३ रातको भ्यालेन्टाइन अफर सार्वजनिक गरेको हो ।

ल्याण्डमार्क पोखरा

ल्याण्डमार्कले आफ्नो पोखराको होटेलमा भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४ तारिखका लागि १५ हजार रुपैयाँमा एक जोडीलाई भ्यालेन्टाइन डेको सजावटसहितको डिलक्स रुम, वेलकम ड्रिंक्स, एक बोतल वाइन, फ्रुट बास्केट र कुकिज र क्याण्डललाइट डिनरसहितको अफर दिएको छ । साथै भोलिपल्ट ल्याभिस ब्रेकफास्टको समेत व्यवस्था गरेको ल्याण्डमार्कले जनाएको छ ।
ल्याण्डमार्कले पोखरामै ३ दिनको प्याकेज समेत सार्वजनिक छ । यो प्याकेजमा केवल २ दिनको पैसा तिरेर ३ दिनको ब्रेकफास्टसहितको बास, एक दिनका लागि क्याण्डललाइट डिनर आदि समावेश गरिएको छ ।

प्याकेज अन्तर्गत २१ हजार रुपैयाँमा ३ दिनको ब्रेकफास्टसहितको बास पाइनेछ । पहिलो दिन होटेलले वेलकम ड्रिंक्स उपलब्ध गराउनेछ । भ्यालेन्टाइन डे वा जाने अघिल्लो दिन राति क्याण्डललाइट डिनर र एक बोतल वाइनसमेत उपलब्ध गराउनेछ । यो अफरमा ३ रात बस्दा २ रातको मात्रै रकम तिरे पुग्नेछ । ल्याण्डमार्क पोखरामा सामान्य अवस्थामा ब्रेकफास्टसहितको डिलक्स रुमको शुल्क प्रति रात १२ हजार रुपैयाँ रहेको छ ।

ल्याण्डमार्क फरेस्ट पार्क : साैराहा
चितवनको पर्यटकीय नगरी सौराहामा रहेको ल्याण्डमार्क फरेस्ट पार्कमा पनि भ्यालेन्टाइन विक अफरका रूपमा एक सातासम्म अफर दिइएको छ । ल्याण्डमार्क फरेस्ट पार्कमा ९ हजार रुपैयाँमा रोमान्टिक डेकोरेसन सहितको डिलक्स रुम, वेलकम ड्रिंक्स, क्याण्डललाइट डिनर र ल्याभिस ब्रेकफास्टको व्यवस्था गरिएको छ । साथै वेभरेजमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने गार्डेनमा प्राइभेट डाइनिङ सेटअप गरिने ल्याण्डमार्कले जनाएको छ ।


ल्याण्डमार्क फरेस्ट पार्कमै १३ हजार ५ सय रुपैयाँमा अर्को प्याकेज समेत दिइएको छ । उक्त प्याकेजमा पनि रोमान्टिक डेकोरेसनसहितको डिलक्स रुम, वेलकम ड्रिंक्स, क्याण्डललाइट डिनर र ल्याभिस ब्रेकफास्टको अलावा क्यानोइङ, २ घण्टाको जंगल जिप सफारी र हात्ती प्रजनन केन्द्रको अवलोकन गराइने छ । यो अफर फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे सम्मका लागि उपलब्ध हुने ल्याण्डमार्कले जनाएको छ ।

ल्याण्डमार्क भैरहवा

भैरहवामा रहेको ल्याण्डमार्क होटेलले पनि ‘द भ्यालेन्टाइन इन्डलजेन्स’ थिममा भ्यालेन्टाइन प्याकेज सार्वजनिक गरेको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको ल्याण्डमार्कले ८ हजार रुपैयाँमै आकर्षक अफर ल्याएको हो ।
ल्याण्डमार्क भैरहवाको यो अफरमा एक रात दुई दिनको लागि ८ हजार रुपैयाँमा एक जोडीलाई क्याण्डललाइट डिनरसहितको बासको व्यवस्था गरेको हो । ल्याण्डमार्क भैरहवाले प्रेमिल जोडीले भ्यालेन्टाइन स्पेसल डेकोरोसन सहित सुपर डिलक्स रुम, क्याण्डललाइट डिनर, एक बोतल वाइन, फ्रुट बास्केट र ड्राइ फ्रुट्स तथा भोलिपल्ट बिहानको ब्रेकफास्ट पाउनेछन् । ल्याण्डमार्क भैरहवामा यो सुविधा फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेका लागि मात्रै उपलब्ध हुनेछ ।

ल्याण्डमार्क नारायणी

ल्याण्डमार्क ग्रुपकै व्यवस्थापनमा सञ्चालित चितवनको भरतपुर हाइटमा रहेको ल्याण्डमार्क नारायणीमा समेत भ्यालेन्टाइन मन्थ अफर सार्वजनिक गरिएको छ । ‘सेलिब्रेट मन्थ अफ लभ’ थिममा फेब्रुअरी महिनाभरका लागि केवल ६ हजार ५०० रुपैयाँमै वेलकम स्न्याक्स, ब्रेकफास्टसहितको डिलक्स रुम र डिनर वा लञ्चको व्यवस्था गरिएको छ ।

ल्याण्डमार्क नारायणीमा लाइभ म्युजिकसहितको गाला डिनर १,१५० मै !

ल्याण्डमार्क नारायणीले भ्यालेन्टाइन डेलाई अझै मनमोहक र रोचक बनाउन लाइभ म्युजिकसहितको गाला डिनरसमेत उपलब्ध गराउने भएको छ । भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४ का लागि ल्याण्डमार्क नारायणीले एक जोडीलाई केवल २ हजार २९९ रुपैयाँ अर्थात् एक व्यक्तिका लागि १ हजार १५० रुपैयाँमै भ्यालेन्टाइन स्पेसल केकसहितको गाला डिनर उपलब्ध गराउने भएको हो । यो अफरमा ‘अर्बिन एण्ड दि ज्याप’को लाइभ म्युजिकको समेत आनन्द लिन सकिने छ ।

ल्यान्डमार्क फार्म हाउस : देवघाट

ल्याण्डमार्क ग्रुपले आफ्नो स्वामित्वमा रहेको ल्याण्डमार्क फार्म हाउस देवघाटमा समेत भ्यालेन्टायन्स स्पेसल अफर सार्वजनिक गरेको छ । तनहुँको भुवनटार, देवघाटमा रहेको ल्याण्डमार्क फार्म हाउसमा ८ हजार ९९९ रुपैयाँमा एक जोडीका लागि भ्यालेन्टाइन डेकोरेसन सहितको रुम, एक बोतल वाइनसहित स्न्याक्स र क्याण्डललाइट डिनर, भ्यालेन्टाइन गिफ्ट र भोलिपल्ट बिहान ब्रेकफास्टको व्यवस्था गरेको छ ।

लामो समयदेखि होटेल र ट्राभल व्यवसायमा संलग्न ल्याण्डमार्क समूहले आफ्नो उच्च व्यवस्थापकीय सफलताका साथ विभिन्न स्थानमा होटेल, रिसोर्ट र फार्म हाउस सञ्चालन गरिरहेको छ । यस वर्षको भ्यालेन्टाइन डेलाई समेत थप स्पेसल बनाउन अफर ल्याइएको ल्याण्डमार्क ग्रुपले जनाएको छ ।

*infomercial Content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?