वीरगञ्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

लोकपथ
77
Shares

पर्सा ।  वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ । 

कार्यालयले चालु आर्थिक वर्षको प्रथम छ महिनामा एक खर्ब १६ अर्ब ५८ करोड राजस्व संकलन गरेको छ । तर, यहाँको राजस्व संकलनको हिस्सा भने पेट्रोलियम पदार्थको आयातबाट मात्रै छ महिनामा  ३७ अर्ब ८५ करोड  संकलन भएको छ । 

दोस्रो धेरै राजस्व संकलन यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट भने  १३ अर्ब ९८ राजस्व संकलन भएको छ । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट प्राप्त हुनेमा निर्भर रहेको बताए । 

चालु आवको छ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट  छ अर्ब ८३ करोड, कपडा आयातबाट पाँच अर्ब २६ करोड, इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपुर्जाबाट  चार अर्ब ९१ करोड राजस्व संकलन भएको छ ।

त्यस्तै मदिराजन्य पेय पदार्थको आयातबाट भने एक अर्ब ८३ करोड राजस्व संकलन भएको छ । शृङ्गारको सामानबाट एक अर्ब ८१ करोड राजस्व उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?