जापानमा एलडीपीको ऐतिहासिक जित, दुई तिहाइ बहुमत हासिल

लोकपथ
140
Shares

काठमाडौं । जापानमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री सनाई तकाइचीको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले ऐतिहासिक जीत हासिल गरेको छ ।

एलडीपीले ४६५ सदस्यीय संसदमा ३५२ सिट जित्दै दुई तिहाइ बहुमत पाएको हो । उक्त पार्टीले कुल सिटको ७५ प्रतिशत मत प्राप्त गरेको हो ।

अघिल्लो निर्वाचनमा पार्टीले सामान्य बहुमत समेत ल्याउन सकेको थिएन र मिलिजुली सरकार चलाइरहेको थियो । तर यस पटक एलडीपीले एक्लैले संसदमा पूर्ण नियन्त्रण पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?