काठमाडौं । साताको दोस्रो कारोबारको दिन आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४१ सय रुपैयाँले बढेको हो ।
आइतबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ४१ सय रुपैयाँले बढेर तीन लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज २४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार
भइरहेको । अघिल्लो दिन चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया