काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासँग कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैद्ली नेतृत्वको टोलीले भेटवार्ता गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको निमन्त्रणामा आयोजित बैठकमा प्रतिनिधिमण्डलले नेपाल–कतारबीच द्विपक्षीय व्यापार, लगानी र आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल गरेको बताइएको छ ।
भेटका क्रममा नेपालमा पर्यटन सम्भावना, लगानी अवसर, हवाई सेवा तथा उड्डयन क्षेत्रको सहकार्यबारे विस्तृत वार्ता भएको छ ।
प्रतिनिधिमण्डलले नेपालको आर्थिक र लगानी वातावरणलाई सहज बनाउन सकिने उपायहरूमा पनि सुझाव दिएका थिए ।
मन्त्री सिन्हाले नेपाल–कतारबीचको व्यापार र पर्यटन सम्बन्धलाई अझ सुदृढ बनाउन तयार रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया