तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

लोकपथ
175
Shares

 काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा केही परिवर्तन देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा बादल देखिन थालेका छन् । 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि देशका अन्य स्थानको मौसम भने प्रायः सफा छ ।

सोमबार देशभर मौसममा थप परिवर्तन हुने अनुमान गरिएको छ । सुदूरपश्चिमसहित पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना छ । तराईका धेरै स्थानमा भने बिहानको समयमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन र यातायातमा केही असर पर्न सक्ने देखिएको छ ।

महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने जनाएको छ । अन्य स्थानमा मौसम सामान्यतया सफा रहने भए पनि चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?