रेशम चौधरीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

लोकपथ
77
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

उनको रिट निवेदनमाथि आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

कैलाली–१ का निर्वाचन अधिकृतको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले निर्वाचन अधिकृतको निर्णय यथावत् राखेको हो ।

कैलाली–१ का निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए । निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च गएका रेशमको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै उनको उम्मेदवारी खारेज भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?