ह्वात्तै बढ्यो सुन र चाँदीको भाउ, कतिमा कारोबार भइरहेको छ आज ?

लोकपथ
2.3k
Shares

काठमाडौं । नेपाली बजारमा आज आइतबार (माघ २५) सुनको मूल्य ह्वात्तै बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला साढे ९ हजार रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँ पुगेको छ ।

गत माघ २३ गते शुक्रबार सुन प्रतिलोता २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, चाँदीको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?