काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे–६, दसकिलोमा दुई बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
दाङबाट काठमाडौं तर्फ आउँदै गरेको बस र काठमाडौंबाट रसुवागढी जाँदै गरेको बस ठोक्किँदा नजिकै रहेको चियापसलमा चिया पिइरहेका ट्रिपर चालकको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा ५१ वर्षीय राजु थापा गम्भीर घाइते भएका छन् र उनलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै बसका चालकलाई नियन्त्रणमा लिएको छ भने राजमार्गमा सवारी एकतर्फी सञ्चालन भइरहेको छ । हाल मृतकको पहिचान खुल्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया