इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

लोकपथ
287
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ मा आज नेपालले आफ्नो पहिलो खेल बलियो टोली इंग्ल्यान्डविरुद्ध खेल्दैछ । प्रतियोगिता हिजो शनिबारदेखि सुरु भएको हो ।

प्रतियोगिताको पहिलो दिन भएका तीन खेलमा एसोसियट राष्ट्रहरूले टेस्ट राष्ट्रलाई कडा चुनौती दिएका छन् । नेदरल्यान्ड्सले पाकिस्तानसँग, स्कटल्यान्डले वेस्ट इन्डिजसँग र अमेरिकाले भारतविरुद्ध राम्रो प्रदर्शन गरेका थिए ।

यसै कारण नेपाल पनि इंग्ल्यान्डजस्तो बलियो टोलीसँग खेल्दा केही विशेष गर्ने लक्ष्यमा रहेको छ । इंग्ल्यान्ड विगतका विश्वकपहरूमा कहिलेकाहीँ कमजोर मानिएका टोलीसँग अप्रत्याशित हार व्यहोर्दै आएको छ ।

आईसीसी वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यान्डविरुद्ध खेल्दा नेपाल त्यही अवसर खोजिरहेको छ ।

नेपाल तेस्रोपटक टी–२० विश्वकप खेल्न लागेको हो । अघिल्ला दुई संस्करणमा नेपाल समूह चरणबाट अगाडि बढ्न सकेको थिएन । यसपटक भने सुपर–८ मा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।

त्यसका लागि समूह चरणका चार खेलमध्ये कम्तीमा दुई खेल जित्न आवश्यक छ । यदि इंग्ल्यान्डसँगै पहिलो खेलमा जित निकाल्न सके नेपाली टोलीको आत्मविश्वास आगामी खेलहरूका लागि अझ बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?