काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनपछि देशमा अशान्ति, आगजनी र हिंसात्मक गतिविधि दोहोरिन नहुने बताएका छन् ।
गोकर्णेश्वरमा सर्लाहीका मतदातासँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले चुनावपछि राज्यका संरचना र जनजीवन सुरक्षित रहन अत्यावश्यक रहेको बताए ।
उनले भने, ‘चुनावपछि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन । चुनावपछि फेरि बनाइएको सिंहदरबार जल्नु हुँदैन । नयाँ बनेको संसद् भवन पनि सुरक्षित रहनुपर्छ । सरकारको गोलीबाट कुनै पनि युवा मारिनु हुँदैन ।’
सभापति थापाले चुनावपछि असन्तोष र आक्रोश सडकमा पोखिने अवस्था बन्न नदिन राजनीतिक दलहरूको जिम्मेवारी हुने बताए ।
‘चुनावपछि पनि सबैलाई मिलाएर लैजानुपर्छ। रिस, उत्तेजना र घृणाले देश चल्दैन,‘उनले भने, ‘सबैलाई समेटेर अघि बढ्ने साहस नेपाली कांग्रेससँग छ ।’
उनले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउँदै शान्ति, सहमति र सहकार्यका माध्यमबाट राजनीतिक स्थिरता कायम गर्न कांग्रेस प्रतिबद्ध रहेको स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया