काठमाडौं। काठमाडौं उपत्यकामा अत्यधिक आवाज निकाल्ने आठ वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछिल्लो समय उपत्यकाका विभिन्न ठाउँमा मोटरसाइकलले अत्यधिक आवाज निकाल्दा स्थानीय बासिन्दा गुनासो गर्दै आएका थिए । यसै कारण ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गरेको थियो ।
तारकेश्वर नगरपालिका–८ अन्तर्गत नेपालटार र डाँडागाउँ सडकमा गरिएको जाँचमा आठ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकलमा साइलेन्सर पाइप र अन्य भागमा अवैध परिवर्तन गरिएको पाइएको छ । यसले ध्वनि प्रदूषण बढाउँछ र मानिसको दैनिकीमा असर पुर्याउँछ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार अत्यधिक आवाजले विशेष गरी बालबालिका, वृद्ध वृद्धा, बिरामी र विद्यार्थीलाई बढी असर गर्छ । उनले सबै सवारी चालकलाई अवैध रूपमा मोटरसाइकलमा परिवर्तन नगर्न आग्रह गरे ।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई कानुनी प्रक्रिया अनुसार कारबाही गरिनेछ र हाल थप अनुसन्धानका लागि ट्राफिक कार्यालयमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया