प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

लोकपथ
140
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली चलचित्रका लोकप्रिय अभिनेता सुनिल थापाको  निधनले आफू गहिरो मर्माहत भएको बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले शोक सन्देश जारी गर्दै थापालाई नेपाली तथा भारतीय चलचित्र जगत्का बहुआयामिक कलाकार र दरिलो खम्बा भएको उल्लेख गरिन् । ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्म उनका खलनायक र सहनायकका भूमिकाले करोडौँ दर्शकको मन जितेको कार्कीले बताइन् ।

सन्देशमा उनले भनिन्, ‘चार दशकभन्दा बढी समयको उनको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ ।’ प्रधानमन्त्री कार्कीले थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक र सम्पूर्ण कला क्षेत्रप्रति समवेदना व्यक्त गरिन् ।

अभिनेता थापाको हृदयघातका कारण ६८ वर्षको उमेरमा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?