काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावना अनुसार पार्टीको क्रियाशीलता कायम रहेको बताएका छन् ।
नेपाली कांग्रेस र नेविसंघ लमजुङ–काठमाडौं सम्पर्क समितिद्वारा आज आयोजित ‘उम्मेदवार परिचयात्मक तथा निर्वाचन परिचालन समिति घोषणा सभा’ मा महामन्त्री पौडेलले कांग्रेसमा युवा तथा जेनजीनियरेशनका भावना सम्बोधन गर्न कुनै द्विविधा नरहेको बताए ।
उनले पार्टीको हालै सम्पन्न दोस्रो विशेष महाधिवेशनले कांग्रेसलाई अझ सुदृढ बनाएको र आगामी निर्वाचनमा सहज रूपमा संलग्न हुन सहयोग पुगेको बताए । साथै, कांग्रेसको नेतृत्वमा देशमा विकास–निर्माणका गतिविधि तीव्र बनाउनु पर्नेमा जोड दिए ।
सो अवसरमा कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य दिलबहादुर घर्ती र पूर्व सहायक मन्त्री रामचन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया