काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
नेपाली चलचित्र क्षेत्रमा लामो समय योगदान दिएका थापा भारतीय चलचित्र उद्योगमा समेत सक्रिय थिए । उनले विभिन्न नेपाली तथा भारतीय चलचित्रमा अभिनय गर्दै फरक पहिचान बनाएका थिए ।
थापा काठमाडौंको शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया