वैद्य माओवादीका दुई केन्द्रीय सदस्य र प्रदेशसभाका उम्मेदवार माकेमा प्रवेश

काठमाडौं २३ कात्तिक। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादीका दुई जना केन्द्रीय सदस्य र एक जना प्रदेश सभाका उम्मेदवार माओवादी केन्द्रमा प्रवेश गरेका छन् केन्द्रीय सदस्यहरु शिवराम यादव र भक्तराज थापा ‘अपिल’ तथा वैद्य माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका रामेछाप ‘ख’ का प्रदेश सभा सदस्यका उम्मेदवार पदम थापा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् यादव र थापा देजमोका केन्द्रीय सचिवालय सदस्य समेत हुन् । थापा १० वर्षे जनयुद्धका घाइते पूर्व जनमुक्ति सेना हुन् यादवले गत असोजमा पोखरामा भएको राष्ट्रिय सम्मेलनलगत्तै वैद्य माओवादी छाडेका थिए भने भने थापा एक साताअघि सो पार्टीबाट अलग भएका थिए उनीहरुलाई लाजिम्पाटस्थित निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी प्रवेश गराएका थिए । सोही कार्यक्रममा अखिल भारत नेपाली एकता समाजका विमल अधिकारीसहित २५ जनाको टोली पनि माओवादी केन्द्रमा प्रवेश गरेको थियो     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?