काठमाडौं उपत्यकाका कांग्रेस उम्मेदवारहरुको साझा योजना ल्याउन महामन्त्री पौडेल गृहकार्यमा

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संघीय राजधानी उपत्यकाअर्तगत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरका कांग्रेसका उम्मेदवारहरुका तर्फबाट साझा योजनासहितको प्रतिबद्धता तयार पार्ने गृहकार्य थालेका छन् ।

काठमाडौं–५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका बनाउने पहल गरेका हुन् ।

खाका बनाउनका लागि उनले संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दाहरुमा उम्मेदवारहरुबीच परामर्श गरिरहेका छन् । परामर्शपश्चात तयार पारिने योजना सार्वजनिक गर्ने तयारी गरिएको महामन्त्री पौडेलले बताए ।

‘संघीय राजधानीमा धेरै जिल्ला र क्षेत्र छन् । आ आफ्नो क्षेत्रमात्र भन्दा पनि सबै जिल्ला र क्षेत्रको विकासमा साझा सहमति जुटाएर अघि बढे नागरिक माझ जान र भावी दिनमा काम गर्न समेत सजिलो हुने विश्वास छ ।’

महामन्त्री पौडेलले सांसद रहँदा उपत्यकाको रिङ रोडको विकासका लागि उपत्यकाभित्रका सांसदहरुसँगको सहकार्यमा दबाबमूलक अभियान चलाएका थिए । फलस्वरुप अहिले काठमाडौंभित्रको रिङरोडको विकास योजनाले गति पाएर सडक व्यवस्थित प्रक्रिया अघि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?