रुपन्देही–३ का उम्मेदवारलाई नै प्रलोपाले पार्टीबाट निकाल्यो

लोकपथ
266
Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट रुपन्देही ३ का उम्मेदवार गोविन्द काराखेती पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित भएका छन् ।

प्रलोपा रुपन्देही इन्चार्ज पंकज राई र जिल्ला संयोजक कृष्ण बन्जाडेले संयुक्त विज्ञप्ती जारी गर्र्दै काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको उल्लेख गरेका छन् ।

उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित तरिकाले रकम माग गरेको र आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पाइएकाले निष्काशन गरिएको गरिएको विज्ञप्तीमा उल्लेख छ ।

काराखेतीलाई निष्कासन गरेपछि रुपन्देही–३ मा पार्टीको उम्मेदवार अब नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?