काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका संस्थापक मेयर निमफुञ्जो शेर्पा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबिच नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपामा स्वागत गरेका हुन् ।
२०७४ सालको तहको निर्वाचनमा उनी बाह्रबिसे नगरपालिकामा मेयर बनेका थिए । पार्टीभित्र असन्तुष्टी जनाउँदै उनले गत माघ ९ गते पार्टी परित्याग गरेका थिए । निमफुञ्जोसँगै एमालेका अन्य नेता कार्यकर्ताहरु समेत नेकपा प्रवेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया