बैतडी बस दुर्घटनामा मृतक परिवारलाई १/१ लाख राहत दिने सुदूरपश्चिम सरकारको निर्णय

लोकपथ
98
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार बैतडीको पुर्चौडी–भौनी मार्गमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई राहत दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतक प्रत्येकको परिवारलाई एक / एक लाख रुपैयाँ राहत स्वरूप प्रदान गर्ने निर्णय गरेको हो ।

घटना बिहीबार साँझ भएको थियो, जब जन्ती लिएर बझाङ फर्किँदै गरेको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ, जसमा आठ जनाको घटनास्थलमै र पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो ।

प्रदेश सरकारले राहत निर्णय गरेसँगै प्रभावित परिवारले तत्काल आर्थिक सहयोग पाउनेछन् ।

यो पनि :  बैतडी बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?