कास्की पुगेर गगनले भने– ‘अबकी बार, सय पार’ को नारा लगाउनुस्

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तल्लो तहमा पुगेर आम नागरिकहरुलाई कांग्रेसकाबारेमा बुझाउन नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सो कुरा बताएका हुन् । उनले कांग्रेसले नेतृत्व परिवर्तन गरेर आएको र त्यसका बारेमा बुझाउन सकेमा कांग्रेसले बहुमत प्राप्त गर्नसक्ने विश्वास व्यक्त गरे । उनले कतिपय ठाउँमा ‘अबकी बार गगन सरकार’ भन्ने नारा लागिरहेको तर त्यो नारा परिवर्तन गरेर ‘अबकी बार सय पार’ भन्ने नारा लगाउनुपर्ने बताए । कांग्रेसले यसअघि पनि एक्लै दुई तिहाई बहुमत ल्याएको उदाहरण दिँदै तल्लो तहसम्म पुगेर आम कार्यकर्ता र मतदाताहरुलाई बुझाउनुपर्ने बताए ।

‘मैले साथीहरुलाई अस्ती मधेशमा जाँदा ‘अबकी बार, यो सरकार’ भन्ने नारा लगाउन छाडिदिनुस् भनेको छु । नारा नै लगाउने भए अबकी बार, सय पार भन्ने नारा लगाउनुस् । त्यहाँ पुर्‍याउने हो यसपाली । मज्जाले जाने हो सकिन्छ पुग्न, बहुमतसम्म पुग्न सकिन्छ । तर केवल एउटै कुरा छ, दुःख गर्नुपर्नेछ । मेहनत गर्नुपर्नेछ । पार्टीको प्रत्येक सदस्यले म उम्मेदवार हुँ भन्ने ठानेर ल मेहनत गरौँ त एकपटक । १० लाख क्रियाशील सदस्य भएको पार्टी हो यो । वडा वडा टोलटोलमा संगठन भएको पार्टी हो,’ उनले भने ।

आफूहरु बदलिएर आएको र त्यही बदलिएर आएको पार्टीले देशलाई सुधार गर्न सक्ने विश्वास तल्लो तहका नागरिकमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?