काठमाडौं । राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतले संसद पुनःस्थापनासम्बन्धी मुद्दामा अझै फैसला नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय बोल्दै उनले यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।
सांसद ढुंगानाले न्यायाधीशहरूको निरीहताबारे टिप्पणी गर्दै भने, ‘यो देशको राष्ट्रियता कमजोर भयो । संसद पुनःस्थापनाका लागि मुद्दा परेको छ, तर न्यायाधीशहरु यति निरीह भइरहनु भएको छ । पञ्चायतकालमा पनि न्यायाधीशले मुद्दाको तत्काल फैसला गर्थे, तर आज यस्तो अवस्था छैन ।’
उनले सरकारले राष्ट्रिय हितको पक्षमा आवश्यक ध्यान दिन नसकेको आरोप लगाए । सांसद ढुंगानाले पञ्चायत र राजकालमा न्यायिक प्रक्रिया छिटो हुने गरेको उदाहरण उल्लेख गर्दै वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया