काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैतडी जिल्लाको पुर्चौडीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बझाङबाट बैतडीमा जन्ती लिएर फर्किंदै गर्दा भएको दुर्घटनामा १३ जनाको ज्यान गएको खबरले आफू मर्माहत भएको बताएका छन् ।
उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना व्यक्त गरेका छन् ।
साथै, अध्यक्ष ओलीले दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।
हिजो बैतडीको पुर्चौडीमा भएको उक्त बस दुर्घटनामा १३ जनाको निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया