काठमाडौं । साताको अन्तिम कारोबारका दिन आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ४२ सय रुपैयाँले घटेर २ लाख ९१ हजारमा कारोबार भएको महासंघले जनाएको छ । हिजो बिहीबार पनि तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको थियो ।
त्यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २ सय ७० रुपैयाँले घटेर ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया