काठमाडौं । निर्वाचनको मिति नजिकिँदै जाँदा रसुवाका एक वडाध्यक्ष नै अर्को पार्टीमा प्रवेश गरेका छन् ।
रसुवाको कालिका गाउँपालिका–१ का वडाध्यक्ष दावा तामाङ कांग्रेसमा प्रवेश गरेका हुन् । गत स्थानीय तह निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रसुवाका नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दीप पौडेल लगायतले स्वागत गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया