‘श्री बुकुरो’को पोस्टर सार्वजनिक

लोकपथ
35
Shares

काठमाडौं । चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को पोस्टर सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक हुनुअघि रिलिज गरिएको रोमान्टिक पोस्टरमा आशीर्वाद क्षेत्री र निकिता आचार्य रोमान्टिक मुडमा देखिएका छन् ।

पोस्टरले पर्दामा उनीहरूको प्रेमकथामा देखिने संकेत गरेको छ । ‘श्री बुकुरो : द होम कलिङ’लाई सुदीप भूपाल सिंहले निर्देशन गरेका छन् । 

पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीक राज आचार्य, रोशनी कार्कीलगायत कलाकारको अभिनय छ । 

सिनेमाको कथा तथा पटकथा निर्देशक सिंह स्वयंले लेखेका हुन् । रुबी सेन सिंह निर्माता हुन् । छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?