अमेरिकाको लस एञ्जलसमा कार दुर्घटनामा ३ जनाको मृत्यु, ७ घाइते

लोकपथ
147
Shares

काठमाडौं । अमेरिकाको लस एञ्जलस शहरस्थित वेस्टवुड क्षेत्रमा बिहीबार एउटा सवारी साधन किराना पसलभित्र छिर्दा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार दुर्घटना दिउँसो करिब १२ बजे भएको हो । लस एञ्जलस अग्नि नियन्त्रण विभागले घटनास्थलमै तीन जनाको मृत्यु भएको घोषणा गरेको थियो । घाइते सात जनालाई तत्काल उद्धार गरी नजिकैका अस्पतालमा भर्ना गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको पसल एशियाली सुपर मार्केट चेन ‘९९ र्यान्च मार्केट’ रहेको छ ।

दुर्घटनाको कारणबारे हालसम्म स्पष्ट हुन सकेको छैन । स्थानीय प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?