काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहीबार बिहान भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरूबीच के कुरा भयो भन्ने खुलाइएको छैन ।
चुनावको मिति नजिकिँदै जाँदा पनि एमाले नेताहरू सरकारले चुनाव गराउनेमा सशंकित देखिएका छन् ।
एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले हिजो बुधबार मात्रै सरकारले चुनाव नगराउने बहाना खोजिरहेको बताएका थिए ।
यस्तै, निवर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले मंगलबार एउटा कार्यक्रममा संसद् पुनर्स्थापना गर्ने÷नगर्ने विषयमा सर्वोच्च अदालतले चुनावअघि नै निर्णय गरिसक्नुपर्ने बताएका थिए ।
उता, प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा मौसमले साथ नदिए दुई चरणमा चुनाव गर्न सकिने भनी दिएको अभिव्यक्तिको पनि एमालेले प्रतिवाद गरेको छ । यी घटनाक्रमको पृष्ठभूमिमा भएको प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीचको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया