डा. बाबुराम भट्टराईलाई पितृशोक

लोकपथ
231
Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा.बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा निधन भएको हो ।

केही दिनदेखि जटिल स्वास्थ्य समस्याबाट पीडित भट्टराईको आज बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो ।

उनको शव केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?