सम्भवतः फागुन २१ मै चुनाव हुन्छ : अध्यक्ष ओली

लोकपथ
168
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्भवतः फागुन २१ मै प्रतिनिधि सभा निर्वाचन हुने बताएका छन् । झापा क्षेत्रका मतदातासँगको भेटघाट कार्यक्रममा उनले चुनावको तयारी र पार्टीको दृष्टिकोणबारे जानकारी दिएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘चुनाव आउँदैछ। सम्भवतः फागुन २१ मै पनि चुनाव हुनसक्छ। यदि फागुन २१ मा भएन भने अलि पछि भए पनि, जित्नुपर्ने पार्टी नेकपा एमाले नै हो ।’

उनले एमालेलाई देशभक्तिपूर्ण राष्ट्रवादी र राष्ट्रिय हितको नेतृत्व गर्ने पार्टीको रूपमा वर्णन गर्दै पार्टीको वैचारिक, व्यवहारिक र संघर्षशील दृष्टिकोणको महत्त्व पनि जोड दिए ।

अध्यक्ष ओलीले एमाले सरकारको कार्यकालमा देशमा विकासका काममा गति आएको दाबी गर्दै पार्टीले आगामी चुनावमा विजयी हुनु आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?