काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न सहकारी संस्थाहरूलाई बहालमा लिएको घर तथा कोठा खाली गर्न ७ दिने अल्टिमेटम दिएको छ ।
महानगरले यसअघि ८ सहकारी संस्थालाई घर खाली गर्न अनुरोध गरेको थियो, तर अटेरी भएपछि कानुन अनुसार कारबाही गर्न अल्टिमेटम जारी गरिएको हो ।
अल्टिमेटम प्राप्त गर्ने संस्थामा आशा बचत तथा ऋण सहकारी संस्था, नव सबल सहकारी, युनिफाइड्स बचत तथा ऋण सहकारी संस्था, महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, ग्रेट गंगासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, प्रारम्भिक बचत तथा ऋण सहकारी, र ग्रेट गंगासागर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।
महानगरपालिकाले तोकिएको समयभित्र घर खाली नगरे कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया