प्रधानमन्त्री कार्कीसँग श्रीलंकाका नवनियुक्त राजदूतको शिष्टाचार भेट

लोकपथ
63
Shares

काठमाडौं । नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेकी छन् ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेकी हुन् ।

भेटका क्रममा दुवै पक्षबिच नेपाल र श्रीलंका बिचको आपसी द्विपक्षीय सम्बन्ध तथा हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको थियो ।

प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई दिँदै उनको कार्यकाल सफलताको शुभकामना व्यक्त गरिन् ।

राजदूत डेल्पिटियाले हालै मात्र नेपालमा आफ्नो पदभार सम्हालेकी छन् । उनले यसअघि श्रीलंकाको विदेश मन्त्रालयमा पूर्वी एशिया तथा अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य विभागको महानिर्देशक तथा बंगलादेशमा उप–उच्चायुक्तको रूपमा कार्य गरेका थिए । यो भेटले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?