‘सरकार निर्वाचन सार्ने बहाना खोज्दैछ’

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापाले सरकारले आगामी निर्वाचन सार्ने उद्देश्यले बहाना खोजिरहेको आरोप लगाएका छन् ।

बुधबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले प्रधानमन्त्री स्वयंले हिमाली जिल्लामा हिमपातको सम्भावना देखाउँदै निर्वाचन सार्न सकिने वा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने कुरा उल्लेख गरेको भन्दै सरकार निर्वाचन नगराउने दिशामा अघि बढिरहेको बताए ।

उपाध्यक्ष थापाले निर्वाचन सार्ने प्रयास लोकतान्त्रिक प्रक्रियाविरुद्ध रहेको दाबी गर्दै वर्तमान सरकारलाई अवैध र प्रायोजित ढंगबाट गठन भएको बताए ।

उनले भने, ‘सरकार निर्वाचन सार्ने बहाना खोज्दैछ। अहिले आएर सरकार नै २१ फागुनमा निर्वाचन गराउन गइरहेको छैन। चुनाव सार्न बहाना खोज्दैछ। यो अवैध र प्रायोजित ढंगबाट गठन गरिएको सरकार हो ।’

थापाले सरकार मुलुकका प्रमुख राजनीतिक शक्तिहरूलाई समाप्त पार्दै देश जलाउने समूहहरूलाई स्थापित गर्न लागिरहेको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?