पार्टी भित्री रूपमा कमजोर भए बाह्य षड्यन्त्र हावी हुन्छ : ईश्वर पोखरेल

लोकपथ
84
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टी भित्री रूपमा कमजोर भए बाह्य षड्यन्त्र हावी हुने बताएका छन् । 

काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँग आयोजित संवाद कार्यक्रममा बोल्दै उनले बाहिरी चुनौतीको सामना गर्न संगठनलाई आन्तरिक रूपमा बलियो बनाउनु अपरिहार्य रहेको बताए ।

उनले भने, ‘बाहिरी षड्यन्त्र चिर्नका लागि भित्रैदेखि मजबुत हुनुपर्छ । भित्री रूपमा कमजोर भइयो भने बाह्य षड्यन्त्र हावी हुन्छ । हामी त्यो पक्षमा छैनौँ । हामी आन्तरिक रूपमा सुदृढ हुन चाहन्छौँ ।’

वरिष्ठ नेता पोखरेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र एकता, अनुशासन र समन्वय आवश्यक रहेको उल्लेख गरे । उनले उम्मेदवारहरूलाई जनतासँग नजिक भएर संगठन विस्तार र विश्वास जित्न निर्देशन दिए ।

एमालेले आगामी निर्वाचनमा बलियो जनाधारका साथ प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?