सर्वोच्चमा मुद्दा भएकाले ढुक्कसँग चुनावमा जान सकिएन : महेश बस्नेत

लोकपथ
2.9k
Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले ढुक्कसँग चुनावी प्रक्रियामा जान नसकिएको बताएका छन् ।

काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँग गरिएको संवाद कार्यक्रममा बोल्दै सचिव बस्नेतले न्यायिक प्रक्रियामा देखिएको ढिलासुस्तीले राजनीतिक गतिविधिमा समेत असर परेको उल्लेख गरे ।

उनले सर्वोच्च अदालतमा पटकपटक पेसी सर्ने क्रम जारी रहेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘आज पनि पेसी चढ्छ भन्ने आशा गरेका थियौँ, तर फेरि सर्‍यो, ‘उनले भने, ‘प्रधानन्यायाधीश बिरामी भएको बहानामा सम्पर्कविहीन हुने, फोन अफ गर्ने र जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखिएको छ।’

बस्नेतले न्यायालयको अवस्था गम्भीर बन्दै गएको टिप्पणी गर्दै सर्वोच्च, उच्च तथा जिल्ला अदालत मात्र नभई समग्र न्यायिक प्रणाली नै संकटमा परेको अनुभूति भइरहेको बताए । “यसले हामी ठूलो वैदेशिक आक्रमणको अवस्थामा रहेको पुष्टि गर्छ,‘उनले भने ।

उनले न्यायिक प्रक्रियालाई शीघ्र, निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक रहेकोमा जोड दिँदै वर्तमान अवस्थाले लोकतान्त्रिक अभ्यासमै चुनौती थपिएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?