काठमाडौं । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसलाई लक्षित गर्दै बुद्ध एयरले विशेष माउन्टेन फ्लाइटको विशेष अफर सार्वजनिक गरेको छ ।
हरेक वर्ष फेब्रुअरी १४ तारिकमा विश्वभरि नै मनाइने प्रेम दिवसलाई अविस्मरणीय बनाउन उद्देश्यले बुद्ध एयरले यस वर्ष एभरेष्ट एक्सपेरियन्स माउन्टेन फ्लाइट अफर ल्याएको हो ।
बुद्ध एयरले फे्रबुअरी १४ तारिक अर्थात् आगामी फागुन २ गते शनिबारका लागि यो अफर सार्वजनिक गरेको हो ।
यस अफर अन्तर्गत ग्राहकहरुले एउटै टिकट खरिद गर्दा दुई जना यात्रुले माउन्टेन फ्लाइटको अनुभव लिन सक्नेछन् । एउटै टिकटमा दुई जना उड्न पाइने गरी अफर सार्वजनिक गरिएको बुद्ध एयरले जनाएको छ ।
यस योजना अन्तर्गत एक जोडीले १४ हजार २६५ रुपैयाँमा सगरमाथा, ल्होत्से, नुप्त्से, अमादब्लाम, चोयु लगायत विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न पाउने छन् ।
करिब १ घण्टाको माउन्टेन फ्लाइट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट सुरु भई हिमाली क्षेत्रको दृश्य अवलोकनपछि पुन काठमाडौंमै अवतरण हुनेछ ।
बुद्ध एयरले प्रेम दिवसको अवसरलाई अझ यादगार बनाउन यात्रुहरूलाई उपहार स्वरूप गुलाफको फूल र चकलेट पनि प्रदान गर्ने जनाएको छ । कम्पनीका अनुसार यो अफर सीमित सिटका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक यात्रुले समयमै टिकट सुरक्षित गर्नुपर्नेछ ।
टिकट बुकिङका लागि बुद्ध एयरको आधिकारिक वेबसाइट, मोबाइल एप वा नजिकैको सेल्स काउन्टरमा सम्पर्क गर्न सकिने पनि एयरलाइन्सले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया