सुनको भाउ एकै दिन १४ हजार ४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

लोकपथ
504
Shares

काठमाडौं । नेपाली बजारमा आज बुधबार पनि सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । 

हिजो मंगलबार प्रतितोला ३ हजार ७ सय रुपैयाँ बढेको सुनको भाउ आज बुधबार तोलामा १४ हजार ४ सय रुपैयाँ बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ६५ रुपैयाँ बढेको छ । हिजो मंगलबार तोलामा ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?