स्वास्थ्य बीमा समस्या समाधानका लागि प्रधानमन्त्री कार्कीले बोलाइन् बैठक

लोकपथ
147
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा समस्या समाधानको प्रयास सुरु गरेकी छन् ।

यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् ।

स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?