सर्लाहीमा कार दुर्घटना : एक युवकको मृत्यु, तीन घाइते

लोकपथ
84
Shares

 सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु३च ५४७२ नम्बरको निजी कार दुर्घटना हुँदा बुटबल उपमहानगरपालिका–१ का २७ वर्षीय शुभम् जै सवालको मृत्यु भएको हो ।

काँकरभिट्टाबाट बुटवलतर्फ गइरहेको कारका चालक बुटबल उपमहानगरपालिका–१ का २३ वर्षीय साहिल बर्मा, ४८ वर्षका वृजकिशोर बर्मा र ५२ वर्षका सञ्जय जैसवाल घाइते भएका हुन् । घाइते सबैको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार उपचार भइरहेको छ । घाइतेमध्ये जै सवालको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?