काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको बताएकी छन् ।
मंगलबार काठमाडौंमा आयोजित निर्वाचन सम्बन्धि विज्ञहरुसँगको सम्वाद कार्यक्रममा बोल्दै उनले सरकार र निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने काममा केन्द्रित हुनुपर्ने बताएकी हुन् ।
उपसभापति भुसालले राजनीतिक दलहरु भने निर्वाचनको मैदानमा गइसकेको पनि स्पष्ट पारिन् ।
उनले संविधान संशोधनको आवश्यकतामा जोड दिँदै त्यो काम नयाँ बन्ने संसदले गर्ने बताइन् ।
उनले भनिन्, ‘सबै पार्टीहरुले उम्मेदवार तय गरेर निर्वाचनमा होमिईसकेको र निर्वाचनका लागि संरचना बनाईसकेको र त्यही अनुसारको प्रचारप्रसार गरेर दलहरु निर्वाचनमा गइसकेको अवस्थामा छ । राजनीतिक दलहरु चुनावी मैदानमा गइसकेकाले त्यसका लागि वातावरण बनाउने काम सरकार र निर्वाचन आयोगको हो । हामी धेरै चोटी निर्वाचन लडिसकेको अवस्थामा उम्मेदवारले त्यसको अपेक्षा सरकारबाट पनि गर्छ, निर्वाचन आयोगबाट पनि गर्छ । औपचारिक ढंगले त्यसको तयारी गर्ने भनेको सरकार र निर्वाचन आयोगले नै गर्ने हो । संविधान संशोधन यो निरन्तर सम्वादमा जाने प्रक्रिया हो । समयको आवश्यकताअनुसार संविधान संशोधन हुन्छ । अव नयाँ बन्ने पार्लियामेन्टले त्यसको जिम्मेवारी लिन्छ ।’
उपसभापति भुसालले कांग्रेसले निर्वाचनको लागि घोषणा पत्र तयारीको कामलाई अन्तिम चरणमा पुर्याएको पनि बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया