फागुन २१ निर्वाचन : कुन जिल्लामा कति छन् मतदाता ?

लोकपथ
252
Shares
फाइल तस्बिर

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी निर्वाचन आयोगले मतदाताको विवरण सार्वजनिक गरेको छ ।

दलहरु घोषणपत्र तयार पार्न र चुनावी प्रचारमा व्यस्त भएको बेला आयोगले उक्त मतदाता विवरण सार्वजनिक गरेको हो ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा १८ वर्ष पूरा हुनेहरूले मताधिकार प्रयोग गर्न पाउनेछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा १ करोड ७९ लाख ३ हजार ९९ जना मतदाताले मत खसाल्न पाउनेछन् ।

७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमै कति मतदाता छन् भनेर निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार रामेछापमा सबैभन्दा धेरै एक लाख ८७ हजार ९५२ जना मतदाता छन् । भने सबैभन्दा कम मनाङमा ७ हजार मतदाता छन् । रामेछाप र मनाङ दुवै एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?