काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनका लागि सबै प्रदेशमा नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ ।
उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले सात वटै प्रदेशहरुमा नेताहरुको जिम्मेवारी बाँडफाँट गर्दै चुनावी कमाण्डर तोकेको हो ।
जसअनुसार कोशी प्रदेशका १४ वटा र मधेश प्रदेशका २ वटा जिल्लाका लागि १२ जना नेताहरुलाई जिम्मेवारी दिइएको हो ।
जसअनुसार ताप्लेजुङ, पाँचथर, इलाम र झापाका लागि डा. डिला संग्रौला, भीष्मराज आङ्दाम्वे, सुधीरकुमार शिवाकोटी लर सुरेश सुब्बालाई जिम्मेवारी तोकिएको छ ।
यता संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीका लागि अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझी लगायत अन्यलाई जिम्मेवारी तोकिएको छ ।
यता बागमती प्रदेशका धादिङ, रसुवा, नुवाकोट र काठमाडौंका लागि बहादुरसिंह लामा, डा. केदार नरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा. अमिता प्रधानलाई जिम्मेवारी तोकिएको छ । बागमती प्रदेशकै काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरका लागि जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याललाई जिम्मेवारी तोकिएको हो ।
हेर्नुहोस् सूची :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया