निर्वाचन लक्षित कांग्रेसको नयाँ निर्देशिका– ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’

लोकपथ
329
Shares

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनको परिचालनलाई प्रभावकारी बनाउन विशेष निर्देशिका बनाएको छ ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा तयार पारिएको निर्देशिकामा ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ उल्लेख गरिएको छ ।

यसअघि नै सभापति गगन थापाले नेता कार्यकर्ताहरुलाई आ–आफ्नो क्षेत्रमा केन्द्रित रहन आग्रह गरेका थिए । अन्य निर्वाचन क्षेत्रमा पुगेर भोट माग्ने प्रवृत्ति प्रभावकारी नभएको भन्दै आफ्नो क्षेत्रमा मत माग्न भनिएकोमा देशभर निर्वाचन अवधिभरका लागि सो निर्देशिका पठाइएको हो ।

उपसभापति शर्माको नेतृत्वमा ‘निर्वाचन परिचालन निर्देशिका’ जारी गर्दै निर्वाचन अवधिभरका लागि सो नियम लागू गरिएको छ । जसअनुसार जिल्ला सभापति बाहेक अन्य नेता कार्यकर्ताहरु मत माग्नका लागि अन्य निर्वाचन क्षेत्रमा जान नपाउने व्यवस्था गरिएको छ ।

नयाँ निर्देशिका अनुसार सम्बन्धित क्षेत्रका पदाधिकारी तथा सदस्यहरु आ–आफ्नो क्षेत्रमा मात्र खट्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?