काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लाहरुमा दोस्रो चरणमा निर्वाचन हुनसक्ने संकेत गरेकी छन् ।
मंगलबार नेपाली सेनाको राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहका लागि नवपलपुरको हात्तीखोरमा पुगेकी प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले चिसो बढेमा हिमाली जिल्लाहरुमा दोस्रो चरणमा निर्वाचन हुनसक्ने बताइन् ।
‘अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने दोस्रो चरणमा हुन्छ,’ प्रधानमन्त्री कार्कीको तर्क रहेको छ ।
त्यस्तै सञ्चारकर्मीहरुले केही राजनीतिक दलहरुले अझै निर्वाचनको वातावरण नबनेको भन्दै आलोचना गरिरहेको र त्यसैको कारण निर्वाचन सर्न सक्ने संकेत गरेको भन्दै प्रश्न गरेका थिए । सो क्रममा प्रधानमन्त्री कार्कीले चिसोका कारण हिमाली जिल्लाहरुमा निर्वाचन सर्न सक्ने तर अन्य स्थानहरुमा फागुन २१ कै मितिमा हुने विश्वास व्यक्त गरिन् ।
‘सर्दै सर्दैन, निर्वाचन तोकिएकै समयमा हुन्छ,’ प्रधानमन्त्री कार्कीको तर्क रहेको छ ।
निर्वाचन आउन एक महिना बाँकी रहेको अवस्थामा सरकारले त्यसबारे तयारी तीव्र बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया