बसको ठक्करबाट एक जनाको मृत्यु

लोकपथ
196
Shares

चितवन । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ केबुलकार गेटअगाडि बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–२ बस्ने ३४ वर्षीय जीवन परियार रहेका छन् ।

आज बिहान धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको बसले परियारलाई बिहान ८ः५३ बजे ठक्कर दिएको थियो । घाइते परियारलाई उपचारका लागि भरतपुर लगिएकामा बिहान १०ः२७ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार कैलाली लम्कीचुवा नगरपालिका–१२ का ४२ वर्षीय बस चालक सुभाष विश्वकर्मा र बसलाई प्रहरीको नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?